
उदयपुर, असोज २९ गते ।
लोकसेवा आयोगले ठूलो संख्यामा सह-सचिव र उप-सचिव पदका लागि दरखास्त आह्वान गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका लागि सह-सचिव एक सय ८१ र राजपत्राङ्कित द्धितिय श्रेणी उप-सचिवका लागि ३ सय ९३ जनाको दरखास्त आह्वान गरेको हो ।
त्यस्तै स्वास्थ्य सेवातर्फ ३५ जना सह-सचिव र ७९ जना उप-सचिवको लागि दरखास्त खुलेको छ । सह-सचिव र उप-सचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो पहिलो पटक हो ।
विज्ञापनको विस्तृत विवरण तल हेर्नुस्
https://purnapusti.com/wp-content/uploads/2019/10/Lok-sewa-aayog-1.pdf
