
उदयपुर, असोज २९ गते ।
उदयपुरका प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल)ले यसवर्षको दशै जनताहरुका साथ मनाउनु भएको छ । उहाँले असोज १२ गते घटनास्थापनाको दिन उदयपुर–काठमाडौं सम्पर्क मञ्चसंग शुभकामना आदानप्रदान कार्यक्रम सुरु गरी दशैंभर नै आप्mनो निर्वाचन क्षेत्रका जनताहरुका साथ दशैं मनाएको उहाँको सचिवालयले जनाएको छ ।
१५ गते कटारीमा संघीय, प्रदेश र नगरका जनप्रतिनिधिहरुसंग संयुक्त चियापान तथा शुभकामना आदानप्रदान गर्नुभएको सांसद राईले १६ गते कटारी गाउँपालिकाको तिम्नाई, चोखाल, कालिखोला, बेलसोत, गराँस, खोक्सा, ताराघारी, खैरेनी लगायतकाजनतासंग भेटघाट तगा शुभकामना आदान प्रदान गर्नुभएको थियो । कटारीकै वकपति, गैया, रामदुवाली, सोमबारेका जनतासंग पनि भेटघाट तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

१८ गते उदयपुरगढी गाउँपालिकाको को तावाश्री, कुरकुरनटार, जुरुवामा जनतासंगको भेटघाट तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो भने १९ गते सोही गाउँपालिकाको हाडेवासमा भेटघाट तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।
गाईघाटमा २० गते भेटघाटसंगै शुभकामना आदानप्रदान गरेका सांसद राईले २३ गते गाईघाटमै नेकपाका नेताहरुसंग भेटघाट तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो । २४ गते रौतामाई गाउँपालिकाको नामन्ता, चिसापानी, निकास, पुुवारे, मुर्कुचीका जनताहरुसंग भेट गर्नुभएको थियो । भेटघाटका साथमा शुभकामना आदानप्रदान भएको थियो ।

भेटघाटको क्रममा सांसद राईले आफ्ना क्षेत्रका जनताहरुलाई गाउँठाउँको विकास निर्माणमा विशेष जोड दिने बचन दिनुभएको थियो । चुनावताका दिएको बचनहरु आफुले पुरा गर्दै आएको र अझ सडक, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । खासगरी आफु जनताको हितमा राष्ट्रियस्तरको नीति, कानून निर्माण गर्नेमा रहेपनि विकास निर्माण र जनताको सरोकारमा पनि उत्तिकै खट्ने बताउनुभयो ।
भेटमा जनताहरुले सांसद राईसंग थुप्रै विकासका आशा राखेका थिए । विकासको आशा र भरोसाकै कारण भोट दिएर जिताएको भन्दै उनिहरुले जनतालाई निरास नपार्न आग्रह गरेका थिए ।

