उदयपुर, असोज २९ गते ।
एक बालिका बलात्कारको आरोपमा उदयपुरका एक युवा मंगलबार पक्राउ परेका छन् । असोज २५ गते राती विभिन्न प्रलोभनमा पारी १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका ८ का २७ बर्षीय सत्य सदालाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितका आमाले असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा फरार रहेका सदालाई पक्राउ गरिएको एसपी विरबहादुर बुढामगरले जानकारी दिनुभयो । पक्राउ परेका सदालाई प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
