
भदौ १८ गते ।
काठमाण्डौमा ठेकेदारको कुटपिटबाट एक श्रमीकको मृत्य भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० कपनमा गतराति ठेकेदारको कुटाईबाट मृत्यु भएको हो ।
निर्माण कम्पनी सञ्चालन गर्दै आएका प्रेम राईले लेनदेनको विषयमा विवाद हुदा श्रमिक सञ्जय राईलाई कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ । मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।
ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा ठेकेदार प्रेम राईसहति अजय राई र सागर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राईको शव पोस्टमार्टमा लागि टिचिङ अस्पताल पठाईएको छ भने पक्राउ परेकाहरुलाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान अगाडी बडढाएको प्रहरीले जनाएको छ ।
