
पूर्णपुष्टि, साउन ३१
उच्च अदालत दिपायलले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा पडीआईजी उत्तमराज सुवेदीसहित तीन जनाका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
उच्च अदालत दिपायलका न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले डीआईजी सुवेदीसहित तत्कालिन जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दिलिपसिंह देउवा, संघीय प्रहरी इकाई कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय अछामका नाममा शुक्रबार कारण देखाउ आदेश जारी गरेको हो ।
आफूमाथि षड्यन्त्र गरेर झुटो मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको भन्दै अछाममा कार्यरत तत्कालिन प्रहरी जवान दिपेन्द्र भट्टले उच्च अदालत दिपायलमा पुनर्बहालीका लागि रिट निवेदन दायर गरेको थियो ।
रिट दायर गरेपछि त्यही रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको जनाईएको छ ।
