
पूर्णपुष्टि,साउन २३
आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर चाँगुनारायण–४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट नियन्त्रणमा लिएको हो ।
विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
