Wednesday, June 3News That Matters

डुबेर एक बृद्धको मृत्यु

उदयपुर/भदौ ९ गते ।

उदयपुरमा सोमबार एक बृद्धको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेका ६५ वर्षिय राजाराम बिकको मृत्यु भएको हो ।

हसिया बनाई सोही वडाको अजगरा गाउँमा पुर्याएर फर्कने क्रममा त्रियुगा नदीमा डुबेर विकको मृत्यु भएको थियो । स्थानीयले डुबेर मृत्युको खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी निरीक्षकको टोलीले स्थलगत मुचुल्का उठाई मृतकको शब उठाएको जनाइएको छ ।