Wednesday, May 6News That Matters

डेंगु नियन्त्रणका लागि जनचेतना पैmलाउन आवश्यक

ऋषि राई
कटारी/भदौ ११ गते ।

उदयपुरको कटारीमा फैलिएको डेंगु नियन्त्रण गर्नका लागि जनचेतना पैmलाउनु पर्ने चिकित्सकले जनाएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजना र कटारी नगरपालिकाको समन्वयमा सम्पन्न डेंगु र ज्वरो नियन्त्रण सम्बन्धि अन्र्तकृयामा सहभागी चिकित्सकहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमको सहजिकरण गर्दै मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.शुरेस मेहताले डेंगु लाग्नुका कारण र रोकथामका उपायहरु बताउँदै यो रोग सफा पानी जम्नेस्थानहरुमा हुने लार्भाकै कारण पैmलिने भएकाले यसको नियन्त्रण गर्न जनचेतना पैmलाउनु पर्ने बताए ।

दिउँसो टोक्ने लामखुट्टेको टोकाईबाट सर्ने भएकाले हरेक घर घर सम्म लामखुट्टे उत्पादन हुने घर वरपर सरसफाई गर्ने, पानी जम्न नदिने चेतना पैmलाउन सकेमात्र डेंगु नियन्त्रण हुने पनि डा. मेहेताले बताए । कार्यक्रममा बोल्दै कटारी अस्पत्तालका प्रमुख मेडिकल सुपरिडेन्टेड डा. पवन साहले यसको नियन्त्रणका लागि सामुहिक पहल सँगसँगै घरघरमा सरसफाई गर्ने, पानी जम्न नदिने हो भने यो रोग नियन्त्रणमा आउने बताउँदै सबै सरोकारवालाहरुले जनचेतना पैmलाउनु पर्ने बताए । त्यसैगरी यो रोगको संक्रमण देखा परेमा पनि नआत्तिने र झोलिलो पदार्थ खाने, पारासिटामोल खाने हो भने यो रोग निको हुने पनि बताए ।

गत साउन २६ गते १ जनामा देखिएको डेंगु भदौमा ४५ जनामा देखा परेर जम्मा हालसम्म ४६ जनामा देखा परेको नगरपालिकाका स्वास्थ्य संयोजक रामनारायण चौधरीले बताए । नगरपालिकाले डेंगु नियन्त्रणका लागि हालसम्म ३ पटक बृहत सरसफाई अभियान संञ्चालन गरेको र अभियानमा नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको समेत सहभागिता रहेको पनि चौधरीले बताए ।

त्यसैगरी पर्चा पम्पप्लेट, माईकिङ्ग,रेडियोमा जनचेतनामूलक शन्देस प्रसारण, फगिङ्ग स्प्रे लगायतका काम पनि नगरपालिकाले गरेको चौधरीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले जिल्लामा त्रियुगा र चौदण्डी नगरपालिकामा एक एक गरी जम्मा जिल्लामा ४८ जनामा डेंगु संक्रमण देखा परेको जानकारी दिए ।

डेंगु नियन्त्रणका लागि गरिने फगिङ्ग स्प्रेले लामखुट्टे मारेपनि लार्भा नाश नगर्ने भएकाले यसको धुँवाले असर मात्रै पुराउने हुँदा यो देखावटी भएपनि खासमा नियन्त्रणको उपाय नभएको वरिष्ठ जनस्वास्थ्य प्रशासक मेहताले बताए । कार्यक्रमको समापन गर्दै सभापति वडाध्यक्ष धनकुमार दनुवारले यसको नियन्त्रणका लागि गाउँगाउँ र सवै तहमा जनचेतना पैmलाउन जनप्रतिनिधिहरु लागिपर्ने प्रतिवद्धता जनाएको छ ।

१५ वर्ष पहिले नेपालमा देखा परेको डेंगु नियन्त्रणका लागि सबैभन्दा पहिला घरवरपरका गमला, पुराना वट्टा, टायर, बाँसका ठुटाहरु जहाँ जहाँ सफा पानी जम्छ त्यहाँ सरसफाई गर्नु पर्ने हुन्छ । त्यसैगरी दिउँसो पनि झुल लगाएर सुत्ने, लामखुट्टेको टोकाईबाट बच्ने, शंका लागे स्वास्थ्य संस्थामा जानु पर्ने हुन्छ । यो रोग लागेमा झोलिलो,पोसिलो कुरा खाने, आराम गर्ने र पारासिटामोल खाए ठिक हुने चिकित्सकहरुको भनाई छ ।