
पूर्णपुष्टि, कार्तिक २९
सेवाग्राही सित करिब डेड लाख घुस लिरहेको अवस्थामा सर्लाहीमा दुई जनप्रतिनिधिलाई अख्तियारले समातेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाही ईश्वरपुर नगरपालिका ११ का दुईजना वडा सदस्यलाई १ लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा नं वडा नं ११ का सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सोमबार करिब १ बजे सर्लाहीस्थित कृष्ण ईन्टरप्राइजेजबाट डेढलाख घुससहित रंगेहात पक्राउ गरेको हो ।
५६ वर्षीय साह र ४२ वर्षीय राय दुवैजना सेवाग्राहीलाई स्थानीय तहको सेवा उपलब्ध गराए वापत घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरू दुवैलाई काठमाडौंस्थित अख्तियारको केन्द्रीय कार्यालयमा पठाई थप अनुसन्धान गरिने अख्तियार स्रोतले बताएको छ । उनिहरु दुवै जना सर्लाही ईश्वरपुर नगरपालिका ११ का दुईजना वडा सदस्य हुन् ।
