Monday, April 20News That Matters

डेढ वर्षमा ३३ वटा विधेयक पारित

साउन २३ गते ।

१  न. प्रदेशसभाबाट डेढ बर्षमा ३३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाबाट सरकार संचालनका लागि अति आवश्यक र महत्वपूर्ण मानिएका कानूनहरु पारित गरेको हो ।

अहिलेसम्म ३३ वटा विधेयक पारित भई कानूनको रुप लिई सेकेको छ । त्यस्तै ३ वटा प्रक्रियामा र ७ वटा विधेयक संसद सचिवालयमा दर्ता गरिएको छ । चारवटा संसद् अधिवेशन मध्ये सबै भन्दा बढी दोस्रो अधिवेशनबाट विधेयक पारित भएको प्रदेश संसाद सचिवालले जनाएको छ ।

प्रदेश संसदको पहिलो अधिवेशनमा ११ वटा र दोस्रो अधिवेशनमा १२ वटा विधेयक पारित भएको थियो । त्यस्तै तेस्रो अधिवेशनमा ६ विधेयक पारित भएको थियो ।

तेस्रो अधिवेशनमा एक नियमावली र विधेयक संशोधनसहित पारित भियो । प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक २०७५ र प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ पारित भएको थियो ।

विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारी सम्बन्धी विधेयक सम्बन्धित समितिमा पठाइएको छ ।

प्रदेशसभाले चौथो र बजेट अधिवेशनबाट गाउँ तथा नगरसभामा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६, प्रदेश विनियोजन विधेयक, २०७६ र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था विधेयक २०७५ पारित गरेकोे हो ।