
गाईघाट/साउन,२३
राष्ट्रिय युवा संघका केन्द्रिय संयोजक तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य रामप्रसाद सापकोटाले यहि साउन भित्रै कम्युनिष्ट पार्टीका युवा एकता टुङग्याउने बताएका छन् ।बिहिबार गाईघाट स्थित उदयपुरका सामुहिक कम्यनिष्ट पार्टिका युवाहरु सँगको भेटघाट तथा परिचयत्मक कार्यक्रममा यस्तो बताएको हो ।
केन्द्र, प्रदेश, स्थानीय गरी तिनै तहमा एकै चोटी बाँडफाँड समिति र नेतृत्व समेत टुङग्याउने तयारी भईरहेको उनले बताए । सापकोटाले एकताको तयारी सँगै प्रदेश र जिल्लाका युवाहरुलाई पदिय र दायित्वको हिसावले घटुवाका लागि तयार हुन अनुरोध पनि गरेको छ । दुई ठुला पार्टीको एकता भईरहदा पद र दायित्व घटुवा हुने हुदा यसका लागि तयारीमा युवाहरुलाई सुझाएको छ ।

केन्द्र, प्रदेश र जिल्ला गरी जम्मा तिन जनाको मात्र संयोजक पद रहने भएकाले पद र दायीत्व भने घट्ने उनले बताए । पद र दायित्व घटे पनि एकता भने बलियो हुने उनको भनाई छ । तत्कालै युवा एकता सम्पन्न गरी युवा परिवर्तनमा लाग्नु पर्ने उनले बताएको छ । देशको युवाहरुको लय ठिक नभएको भन्दै यसलाई तत्काल परिवर्तन गरी युवाको जिम्मेवारी पुरा गर्नुपर्ने उनले बताए ।
सापकोटाले देशमा भएको युवाहरुमा केहि सिप पनि नहुने अनि बेरोजगारी भन्दै हल्लियर हिड्ने युवाहरु देशमा धरै देखिएको बताए ।अब प्रचण्ड र ओली लाई दोष दिने होइना सरकारलाई युवाहरुले सघाउनु पर्ने जिम्मा रहेको बताए । अहिलेको सरकारले जनताहरुलाई विश्वास नदिलाए फेरी कम्युनिष्ट सरकार यो अवस्थामा उठ्न नसक्ने र जनताहरुले नउठाउने उनले बताए ।

आज९ लाख युवाहरु बेरोजगारीको मुख्य कारण युवामा परिवर्तन नभएको उल्लेख गरेको छ । हरेक तहमा विद्यार्थी र युवाहरुकै ठुलो भुमिका रहेपनि उनिहरु नै गैरजिम्मेवारी र कम्जोरी बेनेका छन् उनले भने । अहिले तिन तहको सरकार बने पश्चात युवाहरुको ठुलो जिम्मेवारी र खबरदारी बढेको पनि उनले बताए ।

सबैभन्दा बढी स्थानीय सरकारले मनपरी रुपमा आफु खुसी गरिरहेको उनले बताए । विकासका कामहरु गर्न आफै मेसिन खरिद गर्ने र जाहाँ आफ्नो मेशिनको प्रयोग हुन्छ उतै विकासको योजना तयार गर्ने प्रवृत्ति धरै जनताहरुबाट आफुमा आएको उनले बताए । भेटघाट कार्यक्रममा सामुहिक कम्युनिष्टका युवाहरु तथा साविक वाइसेलका केन्द्रिय सचिव एबिराज राई, सचिव पुर्ण भुजेल, सचिव दण्डु शेर्पा, माहासचिव सुबोध शेर्पाली र डम्बर कर्मा पुलामी प्रदेश संयोजक लागएत रहेका थिए ।
