Thursday, May 28News That Matters

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु

पूर्णपुष्टि, बैशाख ९ गते । 

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सायल गाउँपालिका–३ तोलेनी निबासी २२ वर्षीया उजली बयाडीकी मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै खेतमा गहुँ काटिरहको अवस्थामा परेको चट्याङ लागेर बयाडीको  घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । हिजो रातिदेखि पानीसँगै हावाहुरी चलिरहेको छ ।