Thursday, May 28News That Matters

भुल्केबाट संक्रमणकाे आशंकामा ८ जना धरान लगियो

पूर्णपुष्टि, वैशाख ९ ।

भुल्केका थप ८ जनामा कोरोना संकास्पद् देखिएपछि संकास्पदहरुलाई अाज धरान लगिएको छ । गत ६ गते भुल्केमा ६९ जनाको स्वाप नकुना संकलन गरिएका मध्येबाट ८ जना संकास्पद देखिएकोले उनीहरुलाई धरान लगिएको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनु भयो ।

उनीहरुको पुन परिक्षण गर्न धरान लगिएको उहाँले बताउनुभयाे । दुई वटा एम्बुलेनेसबाट उनीहरुलाई पठाईसकिएको सुवेदीले बताउनुभयो । संक्रमित हो होईन भन्ने एकिनका लागि पुन परिक्षणका लागि उनिहरुलाई लगिएको प्रमुख सुवेदिले बताउनुभयो । उनीहरुको पुन परिक्षणपछि मात्र अन्तिम रिपोर्ट आउने पनि उहाँले बताउनुभयो ।

यता प्रशासनले भुल्केको मस्जिद बस्तीलाई लक कायम राखेको छ । त्याहाँका बासिन्दालाइ वाहिर जान र बाहिरकाेलाइ बस्ती प्रवेशमा राेक लगाइएकाे छ ।

१२ जना सुरूमा संक्रमित देखिएपछि प्रदेश सरकारले चैत ६ गते स्वस्थ्यकर्मी टाेली खटाइ भुल्केमा स्वाप परिक्षण गरेकाे थियाे ।