
पूर्णपुष्टि, असार १६
डोटीमा घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा एक शिशु फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।
सालनाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । ‘घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा छोरी मान्छेको शव भेटिएको प्रहरीले जनाएको छ । कसले र किन हत्या गरे अनुसन्धान भइरहेको जनाईएको छ ।
शिशु जन्मेको कम्तिमा पनि २२ देखि २५ घण्टा मात्र भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।
बेवारिसे अवस्थामा भेटिएको शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।
