
पूर्णपुष्टि, असार १६
राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही, दाङमा कोरोना परीक्षणका लागि अटोमेटिक (स्वचालित) मेशिन थपिएसँगै परीक्षणको दायरा बढेको छ । सोमबार एकै दिन १ हजार १ एक सय ६२ जनाको जाँच गरिएको प्रतिष्ठानले जनाएको छ ।
अहिलेसम्म नमूना संकलन गरिएका मध्ये अब १ सय २६ वटाको मात्रै बाँकी रहेको प्रतिष्ठानले जनाएको छ । अहिलेसम्म प्रतिष्ठानमा दाङसहित विभिन्न जिल्लाका १४ हजार ४ सय ५७ जनाको स्वाब संकलन गरिएकोमा सोमबारसम्म १४ हजार ३ सय १३ जनाको जाँच गरिएको छ ।
