Saturday, May 16News That Matters

ढल्क्यो जोवनको उपधि वडा न.४ बसाहालाई

राजेन्द्र दुष्ट
बेल्टार/माघ ११ गते ।

उदयपुरको चौदण्डिगढीमा पहिलो पटक आयोजना भएको ढल्क्यो जोवन फुटबल प्रतियोगीताको उपाधि वडा न. ४ बसाहाले चुमेको छ । वडा न. ४ बसाहाले आयोजक टिम वडा न. ६ लाई १–४ गोल अन्तरले पछि पार्दै उपाधी चुमेको हो ।

चौदण्डिगढी नगरपालिका– ६ को सिरुवानी स्थिित कालिका माविको खेल मैदानमा शनिबार भएको फाईनल प्रतियोगितामा निर्धारित समय भित्र दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्रई बे्रकरमा परिणत भएको थियो । ट्रईब्रेकरमा बसाहाले आयोजक टिमलाई १–४ गोलले पछि पार्दै उपाधि चुमेको थियो ।

उपाधी चुमेका वसाहालाई नगद ५० हजार रुपैयाँ, ट्रफि, मेडल र पत्रमाणपत्रका साथा नगरप्रमुख खगेन्द्र राई र उप–प्रमुख रिताकुमारी चौधरीले सम्मान गरेको थियो । उपविजेता आयोजक टिमलाई नगद २५ हजार रुपैयाँ, ट्रफि, मेडल र पमाणपत्रका साथ सम्मानीत भएका थियो ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडि आयोजक टिमका विरेन्द्र वस्नेत, उत्कृष्ठ गोल रक्षकमा बसाहाका किपर रामचन्द्र वस्नेतलाई जनही नगद २५ हजार रुपैयाँका दरले सम्मान गरिएको थियो ।

खेललाई प्रोत्साहनस्वरुप आर्थिक सहयो गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई समेत प्रशंसापत्रले सम्मान गरिएको थियो ।

खेल जगतले चौदण्डीगढी नगरपालिकालाई चिनाउने कार्य भइरहेकाले खेल क्षेत्रमा उत्साहित भएर अगाडी बढन् नगर प्रमुख राईले खेल प्रेमीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खेलजगतमा युवाहरुलाई रोजगारी समेत हुने र राज्यको नाराहरुलाई खेलकुदको माध्यामबाट पुरा हुने गरेको छ  ।”

ईतिहासमै पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको समापन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रशाद हुमागाई, प्याव्सनका केन्द्रीय सदस्य जनक कार्की, प्याव्सनका नगर अध्यक्ष शुनिल प्रधान, बेल्टार बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की, ईप्रका बेल्टारका प्रहरी निरीक्षक वुद्धिराम चौलागाई, किरात राई यायोक्खाका जिल्ला अध्यक्ष बलधन राई, नगर सदस्यहरु जानुका कुवर, डोमा शेर्पा, मनु कार्की, सुन्दर साह, समाजसेवी क्या. रामबहादुर राई, ७ नं. का वडाका सदस्य हरिमान कटवाल, ६ नं. का वडाका सदस्यहरु उद्धव भुजेल, मिठुमाया विक लगायतको उपस्थिति रहेको थियो ।