Thursday, April 30News That Matters

ढुंगाले किचेर ताप्लेजुङमा एक मजदुरको मृत्यु

पूणर्पुष्टि, भदौ १७

ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्लेमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज दिउसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरेर किच्दा घटनास्थलमानै मृत्यु भएको हो । उनि सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।