Thursday, April 30News That Matters

सिस्ने खोलाले कार बगाउँदा ४ जनाको ज्यान गयो, चालक घाईते

पूणर्पुष्टि, भदौ १७

दाङको सिस्ने खोलामा समयमै पुल नवन्दा ४ जनाले ज्यान गुमाउनु परेको छ । लामो समय देखि निर्माण गर्नु पर्ने पुल समयमै नवन्दा जोखिम यात्रा गर्न बाध्य रहेका सवारी, यात्रु, सर्वसाधरण तथा स्थानीयहरु जोखिम मोलेर आउजाउ गर्ने गरेका छन् ।

सोहि क्रममा बाढीका कारण जोखिम मोलेर खोला तर्ने क्रममा कार बगाउँदा कारमा सवार ४ जनाको ज्यान गएको छ भने चालक घाईते भएका छन् ।

दाङको घोराही-लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालकिा-४ स्थतिमा रहेको सस्निे खोला तर्ने क्रममा कारलाई बाढीले बगाउँदा कारमा सवार चार जनाको मृत्यु भएको हो ।

पुल निर्माण कार्यमा ढिलासुस्ती भइरहेका कारण कज्वेबाट जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता छ ।

ठेकेदार कम्पनी एडभेन्चर जेभीले पुल निर्माणमा ढिलासुस्ती गर्दा पछिल्लो कार दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रशासनको ठहर छ ।

पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै एडभेन्चर जेभीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्ला प्रहरी कार्यालय बाँकेलाई गत साउन २५ गते पत्र लेखेका थिए । तर उनी फरार रहेको भन्दै प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

‘ठेकेदार बाँकेको हो । त्यसैले साउन २५ गते नै बाँके प्रहरीलाई पत्र लेखेर पक्राउ गर्न भनेको थिएँ,’ प्रजिअ कुरुम्वाङले भने, ‘यदि पुल बनेको भए, यो घटना हुने थिएन ।’

‘ढुंगा, गिट्टी, माटो आवश्यक परे उपलब्ध गराउन मैले सहजीकरण गरिदिने थिएँ । रकम निकासा नभएको भए पनि सडक विभागबाट निकासा गराउन सहजीकरण गरिदिने थिएँ । तर ऊ सम्पर्कमै आएको छैन,’ उनले भने ।

काममा ढिलासुस्ती भएपछि प्रजिअ कुरुम्वाङले केसीलाई असार २८ गते निर्माणस्थलमै पुगेर काम छिटो सक्न सचेत गराएका थिए । केसीले एक महिनाभित्र काम सक्ने प्रतिबद्धता आफूसँग जनाएको कुरुम्वाङ बताउँछन् । सोही दिन प्रजिअ कुरुम्वाङले केसीको फोटोसहित उनको प्रतिबद्धता आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए । तर केसीले काम पूरा गरेनन् । त्यसपछि साउन २५ गते जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र लेखेर केसीलाई पक्राउ गरेर उपस्थित गराइदिन भनेका थिए ।

सिस्ने खोला पुल निर्माण सम्पन्न गर्न २०७४ सालमा ठेक्का सम्झौता भएको थियो । डिभिजन सडक कार्यालयका अनुसार ७० मिटर लम्बाइको उक्त पुल निर्माणको लागत नौ करोड छ । कोरोना संक्रमणलाई कारण देखाउँदै निर्माण सम्झौतामा थपिएको म्याद गत असारमै सकिएको छ । हाल पुलको ढलान सकिएको छ । सडकसम्म जोड्ने एप्रोच लगायतको काम गर्न बाँकी छ ।