Thursday, June 4News That Matters

ढुंगा प्रहार गरी बुवा हत्या गरेको अभियोगमा छोरा पक्राउ

पूर्णपुष्टि, वैशाख १८ गते ।
आफ्नौ बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । प्युठानको नौबहिनी गाउँपालिका–४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या अभियोगमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहार गर्दा बुवा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको खबरपछि इलाका प्रहरी कार्यालय लुङबहानेबाट प्रहरी खटिएको थियो । सो टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।