Wednesday, June 10News That Matters

तनहुँको होटलमा आगलागी

पूर्णपुष्टि, फागुन १८

तनहुँको व्यास नगरपालिकामा संचालित एक होटलमा आगलागी भएको छ ।

व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गतराति करिब २ बजे आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

होटल नजिकै रहेको तरकारी लाइनको ट्रान्समिटर पड्किएर होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको थियो ।