Wednesday, June 10News That Matters

ब्राउन सुगरसहित चार पक्राउ

पूर्णपुष्टि,फागुन १८

ईलाम नगरपालिका –७ स्थितबाट ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । ईलाम सुर्योदय नगरपालिका–१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका–५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ बर्षिय अनिल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो बेलुका ५ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ७५० मिलि ग्राम ब्राउन सुगर, एक थान स्टिलको प्लेट, ५ को तीन थान नेपाली नोट र लागुऔषध सेवन गर्ने ढुङग्रो सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।