
पूर्णपुष्टि,चैत्र २० । आगामी वैशाख १० गते हुन गैरहेकोे उपनिर्वाचनमा राष्ट्रिय स्तन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई तनहुँ क्षेत्र नम्बर १का तर्फबाट विवेकशील साझ पार्टीले समर्थन गर्ने भएको छ । यस पटक विवेकशील साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय पछि रास्वपालाई सहयोग गर्ने भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको छ । वाग्लेलाई हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी, तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थन गर्दछ,ु पार्टीले जारी विज्ञप्ति उल्लेख गरेको छ ।
विवेकशील तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगाना डा। पार्टी सभापति स्वर्णिम वाग्लेलाई पत्र दिँदै समर्थन गर्ने बताएका हुन् । गत मंसिरमा भएको निर्वाचबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको क्षेत्रमा यहि वैशाख १० गते उपनिर्वाचन हुने भएको हो ।
