Saturday, June 6News That Matters

तरकारीको आयात रोकिदिनु बजार हामी बनाउँछौं : मेयर दाहाल

पूर्णपुष्टि,माघ २१ । कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहसँग भरतपुर महानगरपालिकाकी मेयर दाहालले आयात रोकिदिन आग्रह गरेकी छिन् । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा सहभागी भएकी मन्त्री साहलाई मेयर दाहालले आयात रोकिदिन आग्रह गरे हो ।

महानगरले यहाँको कृषि उत्पादन बढाउन, लागत मूल्य घटाउन धेरै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। किसानहरूले उत्पादन पनि बढाइरहनुभएको छ तर यो अवस्थामा यहाँको उत्पादनले बजार नपाउनेगरी भारतबाट तरकारी आउँदा समस्या भयो, मेयर दाहालले भनिन्, मन्त्री ज्यू भारतबाट तरकारी आयात बन्द गरिदिनुपर्‍यो।

किसानले अफुले उत्पादन गरेको तरकारी सडकमा फालेर विरोध गरेकोप्रति महानगरको ध्यानकर्षण भएको छ। दाहालले केन्द्रले नीतिगत रूपमा निर्णय गरेर आयात रोकिदिए उत्पादनलाई आत्मनिर्भर बनाउन, बजारीकरण गर्न महानगरले काम गर्ने बताइन्।

भारतबाट तरकारीको आयात बढेपछि स्थानीय उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानहरूले शुक्रबार नारायणगढमा राजमार्गमै तरकारी फालेका थिए। यहाँका किसानहरू उत्पादित तरकारीको उचित मूल्यप्राप्तिको ज्ञारेन्टी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्।