
पूर्णपुष्टि, माघ २१ गते ।
राप्रपा नेपालका पार्टी उपाध्यक्ष लाक्पा लामाले राप्रपा नेपाल छाड्ने भएका छन् । लामाले पार्टी छाड्ने भएपछि कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फुट्ने भएको हो । लामाले राप्रपा छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने स्रोतले जनाएको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए । तामाङले त्यतिबेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए । तामाङले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बताइएको छ । पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गर्न लागेको असन्तुष्ट समूहले जनाएको छ ।
