
पूर्णपुष्टि, चैत २१ ।
गाईघाटका केही महिलाहरुले तरकारी खाने पैसाबाट बचाएर लकडाउनको बेला खाद्यान्न अभाव पर्ने विपन्न वर्गका लागि सहयोगस्वरुप प्रदान गरेका छन् । उनीहरुले त्रियुगा नगरपालिकाको विपद् राहतकोषमा जम्मा गरी विपन्न वर्गका लागि सहयोग गरेका हुन् ।
१९ जना महिलाहरुले पाँच/पाँच सयको दरले र कार्की छापाखानाले पाँच हजार गरी एकमुष्टमा १५ हजार पाँच सय रुपैया नगरपालिकाका मेयर बलदेव चौधरीलाई हिजो प्रदान गरेका हुन् । महिलाहरू अधिकांश गृहिणी हुन् । उक्त रकम नगरपालिकाको विपदु् कोषमा जम्मा गरि विपन्न वर्गका लागि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।
अहिले कोरोना भाइरसको कारण देश लकडाउनमा छ । यस अवस्थामा जनजीवन र गतिविधि ठप्प छ । घरभित्रै बसेर सुरक्षित रहनुपर्ने भएकाले दैनिक ज्यालामजदुरी गरेर खाइरहेका विपन्न वर्गलाई खाद्यान्न संकट परेको छ । यस विपद्मा परेको समस्यालाई बुझेर महिलाहरुले सहयोग गरेका हुन् । ब्यापारी, व्यवसायी, उद्योगी लगायतले सहयोग गरिरहदा गृहिणी महिलाहरुले यसरी नरकारी खाने पैसाबाट बचााएर गरेको सहयोग अति प्रशंसा योग्य छ ।
पालिकाका मेयर चौधरीले उनीहरुलाई विशेष धन्यावाद ज्ञापन गर्नुभयो । यसरी नै अहिलेको विपद्ले निम्त्याएको समस्या समाधानमा हातमा हात मिलाउदै जाने हो भने समस्या टार्न र विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने उहाँले बताउनुभयो ।
सहयाेगदाताहरू :

