Saturday, June 20News That Matters

बारीमै कुहिन थालेकाे तरकारी किनबेच मिलाइदिन माग

पूर्णपुष्टि, चैत २१ ।

राष्ट्रिय कृषक महासंघ, उदयपुरले लकडाउनका कारण कृषकहरुले लगाएका तरकारीहरु बारीमै कुहन थालेकाले बजार लैजाने र उपभोक्तालाई उपभोग गर्ने वातावरण मिलाइदिन माग गरेको छ ।

एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले सरकारसंग यस्तो माग गरेको हो । स्थानीय सरकार तथा प्रदेश र केन्द्र सरकारले किसानहरुको मार्कालाई मध्ये नजर गर्दै ढुवानी तथा निर्यातको व्यवस्था मिलाइ सर्बसाधारणलाई ताजा तरकारी खरिद गरेर उपभोग गर्ने वातावरण मिलाइ दिन माग गरिएको हो ।

साधारण किसानहरुको कृषि कर्म नै जिविकोपार्जनको माध्यम भएको र उपभोक्ताहरुले सहजरुपमा तरकारी खान पाउने व्यवस्था मिलाउन आजको आवश्यकता ठहर गर्दै यस्तो माग राखिएको कृषक महासंघ उदयपुरका अध्यक्ष कुशल राउतले बताउनुभयो ।

हिजो मात्र सरकारले कृषि तथा दैनिक उपभोग्य बस्तु, दुध, तरकारी जस्ता कुराहरुको सहज आपूर्तीमा सहजता ल्याउने जनाएको छ । सरकारको उक्त निर्णयलाई स्थानीयस्तरमा प्रभावकारी रुपले ब्यवस्था मिलाउन आवश्यक रहेको कृषकहरुले माग गरेका छन् ।