Saturday, June 20News That Matters

लिम्चुङ्बुङको ४ स्थानमा हेल्प डेक्स स्थापना गर्ने

मिलन परियार
लिम्चुङबुङ/चैत्र,२१ 

विश्वभर फैलिएको कोरोना भाईरसलाई उच्च सतर्कता अपनाउने भन्दै लिम्चुङबुङ गाउँपालिकाले पालिकाको ४ स्थानमा हेल्प डेक्स तयार गर्ने भएको छ ।

पालिकाले आफ्नो ठाउँमा छिर्ने मुख्य ४ ओटा नाकाहरुमा हेल्प डेक्स तयार गर्ने भएको छ । लिम्चुङबुङ छिर्ने नाकामा पूर्ण निगरानी र तैनाथका साथ उच्च सतर्कता जनाउन हेल्प डेक्स तयारी गर्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जनाउनु भएको छ ।

फ्रान्स बाट कोरोना भाइरस संक्रमित  युवती संगै कतार एयरवेज  फ्लाईट बाट ४ गते  लिम्चुङ्बुङ गाँउ पालिका ३ बाराहा का एक युवा पनि काठमाण्डौ बाट गाईघाट हुदै लिम्चुङ्बुङ  आईपुगेका थिए ।

यस्तै अवस्थामा त्यस्ता व्यक्तिहरुको स्वास्थ्य परिक्षण र सोधपुछ गरी बाहिर बाट आउने व्यक्तिहरुलाई विषेश निगरानी साथै उनिहरुको अवस्था पक्तालगाई सतर्कतालाई सहयोग पुराउने भन्दै पालिकाले ४ वटा मुख्य नाका रौतामाई गाउँ पालिका १ माझखर्क , रौतामाई ३ को सिमाना जाँते बुईखा , हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङ्बुङ को सिमाना को सुनकोसी र   बलम्ता को तल्लो भुभागमा हेल्प डेक्स तयारी गर्ने राईले बताए ।

हेल्प डेक्समा १ सुरक्षा कर्मी, १ स्वास्थ कर्मी, र १ सहयोगि राखिने  पालिकाले जनाएको छ । भने  १४ गते देखि  १८ गते सम्म अपरिचित मानिस हरुलाई लिम्चुङ्बुङ गाउँ पालिका  प्रवेशमा समेत निषेध गरेको ५ नम्बर वडाका वडाध्यक्ष केसर कुमार खडकाले जानकारी दिनुभयो ।

पालिकामा अहिले कोरोना भाईरस नियन्त्रणका मुख्य गतिविधिहरु बढीरहेको छ । यहाँ मात्र नभई विश्वभरी नै अहिले यसको आतंकमा त्रास र मृत्युको बृद्धि भइरहेका अवस्थामा नेपालमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले यसको नियन्त्रण मुख्य कदम चालिरहेको अवस्था छ ।

पालिकाले पालिकावासीहरुलाई सतर्कताको लागि अनुरोध गरेको छ । टोलटोलमा चेतना र आबस्यक औषधि उपकरण र माक्स ल्याउन विशेष पहल गरिरहेको अवस्था छ ।