
गाईघाट/चैत्र, २१
विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण प्रभावित भएका विपन्न परिवार तथा संक्रमण रोकथामा र उपचारका लागि भन्दै त्रियुगा नगरपालिकाले कोषमा १ करोड बजेट छुटाएको छ ।
त्रियुगा राहत कोष नामक राष्ट्रिय बाणिज्य बैँङकमा रहेको खातामा नगरले १ करोड बजेट छुट्याएको नगर प्रमुख बलदेव चौधरीले बताउनुभयो । नगरले अहिले लकडाउनको कारण प्रभावित भएको १६ ओटै वडाका विपन्न परिवारका व्यक्तिहरुलाई वडाहरुमा खाद्यन्न पुराउने काम नगरले गरिरहेकोे छ ।
नेपालमा समेत भाइरसको दिनानु दिन बढ्दै गएको संक्रमणको रोक थाम र उच्च सतर्कताको निम्ति आवश्यक अनुसार लकडाउनलाई निरन्तर दिनु पर्ने अवस्थामा त्यस्ता विपन्न जनताहरुलाई भोकमरी बाट बचाउन नगरले पहिलो प्राथामिकताका साथ बजेट छुटाएको पनि मेयर चौधरीले बताउनुभयो ।
राहत कोषमा जम्मा भएको रकम संक्रणको रोक थाम साथै कुनै पनि व्यक्तिहरुमा संक्रमण देखिएमा तत्काल उपचारमा खर्च गर्नको निम्ति बिकास बजेटबाट रकमान्तर गरी छुट्याएको चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार प्रत्येक वडाहरुलाई ५ लाखको दरले वडामै व्यवस्थापन गर्न अधिकार दिएको बताउनुभएको छ । वडामा त्यस्ता समस्या परेका कुनै पनि व्यक्तिलाई वडाले नै वितरण तथा व्यवस्थापन गर्न मिल्ने अधिकारको साथ बजेट विनियोजन गरेको पनि मेयर चौधरीले बताउनुभयो ।
नगरले १६ ओटै वडाहरुमा खाद्यन्न बाँड्ने कार्यहरु पनि अहिले जारि राखेको छ । अहिले सम्म नगरले १,२,३, ५,६, १२ र १३ वडाहरुलाई खाद्यन्न समाग्रीहरु वितरण गरिसकोको मेयर चौधरीले बताउनुभयो । ११ मा भोलि बाँडिने र अन्य बाकिँ वडाहरुलाई पनि तत्काल बाँडि सक्ने चौधरीले बताउनुभयो ।
हरेक वडाहरुमा तत्कालका लागि १५०० केजी चामल, र अन्य दाल, नुन, तेल गरी मुष्ट प्याकेज सहित खाद्यन्न वितरण भईरहेको चौधरीले बताउनुभयो ।
