
गाईघाट/बैशाख, ५
गाईघाटको मुख्य तरकारी बजार सगरमाथा तरकारी सब्जी बजार आज पनि पूर्ण रुपले ठप्प भएको छ । बिहिबार बाट सुरु गरिएको बजार आज पनि ठप्प भयो । नेपालमा कोरोना संक्रमणको संख्या दिनानु दिन बढ्दै गएपछि भिँडभाँड कम गर्न यसलाई अझै व्यवस्थित बनााउने भन्दै बजार बन्द गर्नु परेको त्रियुगा उद्योग वाणिज्य संघका प्रथप उपाध्यक्ष रमेश रसाइलीले जनाउनुभयो ।
उहाँले बजारमा भिँडभाँड र सामाजिक दुरीको कायम गरी संञ्चालनमा आएको भएपनि पछिल्लो समय किनबेचमा यसको पालना नभएको भन्दै तत्काल यसलाई बन्द गर्नु परेको बताउनुभयो ।
तरकारी बजार सधै भिँडभाँड हुन स्थान बिहिबारबाट सुन्य सुनसान मय देखिएको छ । प्रशासन, स्थानीय सरकार, सुरक्षाकर्मी, उदयपुर उद्योग बाणिज्य महासंघ लगायतका सम्बन्धित निकायले बजार अनुगमन गर्दा कुनै सुरक्षा अपनाएको नपाएपछि कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै उच्च सर्तकताका साथ बजार बन्द गर्ने निर्णय गरेको रसाईलीले बताउनुभयो ।
