Thursday, May 21News That Matters

भूल्के मस्जिद शिलबन्दि

पूर्णपुष्टि, बैशाख ५ गते ।

त्रियुगा नगरपालिका–३ भूलके स्थित मस्जिदमा रहेका ८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको भन्ने हल्ला फैलिएपछि सुरक्षाकर्मीले मस्जिदलाई शिलबन्दि गरेको छ । साथै भूल्के गाउँ प्रवेश गर्ने नाकाहरु बन्द गरिएको छ ।

केहि दिन अगाडी भूल्केको मस्जिदबाट १२ जना भारतियसहित १६ जनाको स्वव नमुना संकलन गरि कोशी अस्पताल विराटनगरमा कोरोना परिक्षण गर्न पठाइएको थियो । परिक्षणबाट ८ जनाको रिर्पोट पोजेटिभ आएको भनिएको छ । तथापी यस कुरालाई सरकारले आधिकारीक पुष्टि गरेको छैन ।

कोशी अस्पतालमा पोजेटिभ देखिएकाहरुको रिर्पोट अन्तिम परिक्षणको लागी काठमाण्डौको टेकु अस्पताल लगीएको बुझिएको छ । पूर्वाञ्चलमै पहिलो पटक स्वव परिक्षणबाट कोरोना भाईरस संक्रमित व्यक्तिहरु फेला परेको भन्ने कुराले सवैलाई थप सर्तक बनाएको छ ।

सरकारले आधिकारीक पुष्टि गर्न बाँकी भएपनि केहि संचार माध्य र सामाजिक संजालहरुमा यो कुरा फैलिएपछि स्थानीय प्रशासनले सर्तकता अपनाउदै गाउँमा सुरक्षा निगरानी बढाएको एक सुरक्षा अधिकारीले बताए । साथै भुल्केको मस्जिद शिलबन्दि गरि गाउँको प्रवेश द्धारहरु बन्द गरी मानिसहरुको आवतजावत तथा चहलपहल बन्द गराईएको पनि सुरक्षा अधिकारीले बताए ।