Tuesday, April 21News That Matters

ताप्लीको १ नं वडामा एमाले टोल कमिटीलाई सपथ सँगै पार्टी प्रवेश कार्यक्रम

पूर्णपुष्टि, चैत्र १८
ताप्ली गाउँपालिकामा एमालेका टोल कमिटीलाई सपथ ग्रहण गराईएको छ । सपथ सँगै अन्य पार्टी परित्याग गरि आएकाहरुलाई समेत पार्टी प्रवेश गराईएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले १ नं वडा कमिटीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रम नेकपा एमाले टोल कमिटीमा रहेको युवाहरुलाई लक्षित गर्दै आयोजना गरिएको राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य तथा ताप्ली इन्चार्ज समिप राईले जनाए । उनले यस कार्यक्रमले नजिकदै गरेको स्थानीय चुनावलाई सहयोग पुराउनुका साथै युवाहरुको भुमिकालाई मजवुद बनाउने जनाए ।

सपथ कार्यक्रम सँगै कांग्रेस पार्टी परित्याग गरी एमालेमा आएका श्रीमान राई र डिग बहादुर मगरलाई पार्टी प्रवेश समेत गराईएको इन्चार्ज राईले जनाए । नवप्रवेशी दुवैजनालाई प्रदेश कमिटी सदस्य राजन शाही र जिल्ला कमिटी सचिवालय सदस्य तथा ताप्ली इन्चार्ज बावुराम राई लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । उनिहरुलाई खादा र अबिरले पार्टीमा भव्य स्वागत तथा सम्मान गरिएको छ । सपथ कार्यक्रम १ नं वडा देखी क्रमश रुपमा ५ नं वडा सम्मै भईरहेको इन्चार्ज राईले जनाए ।