
पूर्णपुष्टि, २० जेष्ठ ।
ताप्ली गाउँपालिका ३ इनामेमा आग्लागी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिवार करिब १२ बजेको समयमा सन्त बहादुर तामाङको घरमा सोलारको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीले जनाए ।
आगलागी हुँदा करिब ७ लाख बढीको क्षती भएको डिएसपी चौधरीले जनाए । घर सँगै लत्ताकपडा, भाँडा बर्तन र खाद्यन्न पूर्ण रुपमा क्षती भएको छ । पशुचौपाया र मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
