
पूर्णपुष्टि, १७ भदौ ।
उदयपुरको ताप्ली गाउँपालिकामा एक बृद्धका शव सडेको अवस्थमा फेला परेको छ । प्रहरीका अनुसार पालिकाका ४ नं वडा थुम्कीका ७२ बर्षिय मणिराज राईको शव आईतबार फेला परेको हो । राईको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । गता साता आईतबार खानिडाँडाबाट थुम्की घर फर्कने क्रममा भिरबाट लडेर राईको मृत्यु भएको प्रहरीको भनाई छ । बृद्धको लाश सडेको अवस्थामा आईतबार फेला परेको थियो । लाश फेला परेको सम्बन्धी रुपाटर प्रहरी र कटारी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लाश सडेको अवस्थामा रहेको हुँदा पोष्टमाटम गर्न कठिन हुने भएपछि सदगदको लागि आफन्तलाई जिम्मा बुझाएको सम्बन्धमा कटारी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
