
पूर्णपुष्टि, पौष ११
ताप्लीमा बम पड्काएको आरोपमा विप्लप समूह भनी पक्राउ गरेका २ जनालाई प्रहरीले छाडेका छन् । उनिहरु दुवै जना अनुसन्धानको क्रममा निर्दोष देखिएपछि प्रहरीले छाडेका हुन् ।
बम काण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुवैलाई पक्राउ गरी अनुसन्धा गरिरहेका थिए । जिल्ला विकास समितिका पूर्व सदस्य गौरबहादुर देवकोटा र पविता रपालले आफुहरु नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको प्रतिबन्धित समूहमा नरहेको घोषणा गरेका छन् ।
विष्फोटको घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ताप्ली गाउँपालिका ५ का गौरबहादुर देवकोटा र ताप्ली १ पिपलभञ्ज्याङकी पबिता रपालले शुक्रबार छुट्टाछुट्टै बिज्ञप्ती जारी गरी आफुहरु बिप्लव समूहमा संलग्न नरहेको स्पष्ट पारेका हुन् ।
गाउँपालिकामा बम विष्फोट भएको घट्नापछि बिप्लब समूहमा संलग्न भएको आशंकामा ६७ वर्षीय देवकोटा र ३० वर्षीया रपाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको थियो ।
विज्ञप्तीमा देवकोटा र रपालले आफुहरु २ वर्षअघिदेखि नै उक्त समूहबाट अलग भएको र हाल कुनै पनि जिम्मेवारीमा नरही स्वतन्त्रतापूर्वक जीवन बिताईरहेको उल्लेख गरिएको छ ।
