Thursday, August 6News That Matters

ताप्लेजुङको आगलागीप्रति बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीको दुःख ब्यक्त

पूर्णपुष्टि, फागुन २३

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा गत फागुन १८ लगेको आगलागीप्रति बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेपालले प्रेस वक्तब्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।

प्रेस वक्तब्यमा आगलागीबाट भएको क्षतीप्रति बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेपालले वक्तब्य जारी गर्दै दुःख व्यक्त गर्दछ । आगलागी पिडितहरुलाई तत्काल आवश्यक राहतको ब्यावस्था गर्न सरकारलाई ध्यानआकर्षण गर्दछौँ ।

भिषण आगलागीबाट ४९ घर जलेर नष्ट भएको थियो । उक्त घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेर नष्ट हुदा करिब ४० करोड बराबरको क्षती भएको थियो ।