Sunday, June 28News That Matters

थारुहट रंगशालामा सुरु फुटवल प्रतियोगिताको पहिलो खेल बराबरीमा

पूर्णपुष्टि, फागुन २३

प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको पहिलो फुटवल प्रतियोगिता बराबरीमा टुंगिएको छ । आईतबार खेलकुद महोत्सव उद्घाटनको पहिलो खेल त्रियुगा नगरपालिका ११ र त्रियुगा नगरपालिका ३ ले खेलेको थियो ।खेल अबधिभर दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि पेनाल्टी गराइएको थियो । पेनाल्टीमा पनि दुवै टिमले बराबरी प्रतिस्पर्धा गरेको थियो । त्रियुगा नगरपालिका भरीका १६ वडा मध्य १४ वटा वडाहरुले खेलमा सहभागी जनाएको छ ।