Thursday, June 4News That Matters

ताप्लेजुङको एक घरमा कोही नभएको बेला आगलागी हुँदा १६ लाख क्षति

 

काठमाण्डौँ, बैशाख २२
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताउनुभयो । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बस्नुभएको थियो । उहाँहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ । (रासस)