Tuesday, June 9News That Matters

ताप्लेजुङको बजारमा लागेको भिषण आगलागीले ४० करोड क्षति

पूर्णपुष्टि,फागुन २०

ताप्लेजुङको दोभान बजारमा भएको आग्नीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो ।

क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले नगद ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।

नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा करिब एक करोडको क्षति भएको कार्यदलले जनाएको छ । आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो । आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले गतराती मात्र क्षतिको विवरण तयार गरेको थियो । मंगलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।