
पूर्णपुष्टि, बैशाख १९
लुम्वीनी प्रदेशमा ३ सांसले राजाजिनामा दिएको छ । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन ः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । नीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन् ।
३ सांसदको राजीनामा पछि तत्कालै पुन नियुक्ति पाएका लुम्वीनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेलको पद फेरी विवादमा फसेको छ । आजै बिहान पद राजिनामा दिएका पोखरेल पुन तत्काल पदमा नियुक्ति पाएका थिए । पद राजीनामा गरेको बेला पोखरेलको चतुर्याई गरेको भनेर समेत बुझिएको थियो ।
यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए ।
कपिलवस्तु क्षेत्र नम्बर १ ९क० बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन् ।
आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले जानकारी दिएका छन् ।
