Saturday, May 2News That Matters

तिब्रगति नियन्त्रण गर्न उदयपुर ट्राफिकले ल्यायो राडर गन

पूर्णपुष्टि, २५ असोज ।
उदयपुर जिल्लाको बिभिन्न स्थानलाई मदन भन्डारी सडकले छोईसकेको छ । रामपुर, बसाहा, बेल्टार, गाईघाट, नेपालटार कटारी हुँदै यो सडक काठमाण्डौँ सम्म जोडिएपछि दुर्घटनाले पनि व्यापक स्थान पाएको छ । सबै भन्दा छोटो दुरी र सहज सडकका कारण यस सडकमा तिव्र गति सवारी चल्ने गरेको ट्राफिक प्रहरीहरुको भनाई छ । गाईघाट बजारको मुख्य बजार हुँदै छिरेको यो सडकमा ट्राफिकको आँखा छलेर तिव्र गति र ठुलो आवाज निकालेर हिड्ने मोटरसाईकलहरु कम छैन ।

ट्राफिकको अगाडी सानो आवाज र ट्राफिक देखी पर पुगेपछि अरुलाई डिस्र्डटपहुने गरी प्रदुषणको आवाज फाल्दै हिड्ने सवारीलाई तत्काल कार्वाही गर्न स्थानीयहरुको पनि माग छ । जिल्ला ट्राफिक प्रहरी उदयपुरले यी समस्याहरु हल गर्न आवश्यक राडर गन व्यवस्था गरेको छ । यस गनले सवारीको गति नाप्न मदत गर्छ । तिव्र गति सवारी चलाईएको अवस्था पत्ता लगाउने यस राडर गनको काम हो । अबको चेकिङमा भने तिव्र गति नियन्त्रणको राडर गन मेशिन सहित ट्राफिक प्रहरी फिल्डमा उत्रिने इन्चार्ज लोक बहादुर दियालीले जनाए । यस्ता मेशिनको सहयोगले तिव्र गति कम गर्दै दुर्घटना नियन्त्रण गर्न सकिने दियालीको भनाई छ ।