Friday, May 8News That Matters

तिहारको अवसरमा सदा समुदायलाई राहत वितरण

अप्सरा समाल मगर
उदयपुर/कात्तिक ५ गते ।

उदयपुरको उत्राई टोलमा सदा समुदायलाई राहत वितरण गरिएको छ । त्रियुगा नगरपालिका–९ को उत्राई टोलको २५ घर सदालाई मंगलबार राहत वितरण गरिएको हो ।

नाजुक स्थिति भएको र केहि दिन अघिसम्म परेको अविरल वर्षाले क्षती गरेको बाढि पीडित घरपरिवारलाई  तिहारको अवसर पारेर राहत वितरण गरिएको ओरेक नेपाल उदयपुरको व्यवस्थापक कमला खड्काले बताउनु भयो ।

गत असार अन्तिममा परेको अबिरल बर्षा र पुन असोजमा परेको बर्षाले आएको वाढि बस्तिमा पसेपछि घर भत्काई अन्न र लुगाफाटो नष्ट भएका घरपरिवार रातह वितरण गरेको खड्काले बताउनु भयो । उनका अनुसार बाढि प्रभावित क्षेत्रका ४ जना सुत्केरी महिलाहरु प्रभावित भएका थिए ।

त्रियुगा नदी र साहीखोलाको दोभानमा बसोबास गर्दै आएको उक्त समुदायका बासिन्दाहरु आर्थिक रुपमा बिपन्न रहेको छ । बर्षेनि उक्त बस्ति साहिखोला र त्रियुगा नदीको बाढीको चपेटामा पर्ने आएको छन् ।

उक्त क्षेतिले पारेको असरलाई मध्ये नजर गर्दै ओरेक नेपाल उदयपुरले खाद्दान्नमा  २५ केजि चामल, १ लिटर तेल, २ केजि मुसुरिको दाल, १ प्याकेट नुन र डिगिनिटि किट र महिलाको लागि सारी, पेटिकोट, साबुन, मन्जन, ब्रस, पेन्टि, सेनिटरी प्याड लगाएतका सामाग्री वितरण गरेको जनाएको छ ।