
कात्तिक ५ गते ।
नायिका मिरुना मगरले अभिनय गरेको तीन वटा चलचित्र हलमा लागिसेको छ । नायिका मगरले अभिनय गरेका ‘लालपूर्जा, रोज र साइनो’ चलचित्रले व्यापार राम्रो गरेको छैन । त्यसैले उनीलाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ ।
नायिका मगरले अभिनय गरेको चलचित्रले राम्रो व्यापार नगरेपनि उनीलाई चलचित्रको अभाव छैन । उनी अभिनित चलचित्र ‘च च हुई’ मंसिर ६ गतेबाट रिलिज हुँदैछ । त्यसपछि अर्काे नयाँ चलचित्रमा समेत अभिनय गर्ने भएकि छिन् ।
उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा मिरुनाले काम गर्ने पक्का भएको हो । यस चलचित्रमा मिरुना र नायक दयाहाङ राईले काम गर्ने पक्का भएका छन् । दया र मिरुनाको यो चलचित्रको छायांकन कात्तिकको १४ गतेबाट सुरु हुँदैछ । चलचित्रको छायांकनका लागि काठमाण्डौ बाहिर रहने भएकाले मिरुना अहिले चलचित्र ‘ च च हुई’को प्रचारमा लागि परेकी छिन् ।
