
पूर्णपुष्टि,पुष २३
काठे लोक दोहोरी गायक दिपक रिमालको पछिल्लो प्रस्तुति तीन्टी स्वास्नी बजारमा आएको छ । थुप्रै लोक दोहारी गीत बजारमा ल्याइसकेका काठे लोक दोहारी गायक रिमालको पछिल्लो लोक दोहारी गीत ‘तीन्टी स्वास्नी’ समसामयिक विषयमा तयार भएको हो ।
तीनवटी बिहे गर्दा नि घर नभएपछिको तनावलाई गीतमा समेटिएको यश गीतकमा तीन तीन वटी बिहे गर्दा नि तीनै वटी पोईल हिँडे पछिको अवस्था अनि घरायसी उतार चढावलाई रिमालले सरल तरिकाले प्रस्तुत गरेका छन् ।
शब्द संगीत रिमाल कै रहेको गीतमा रिमाल र प्रिन्सिका शंकरको स्वर रहेको छ । ‘तीनटी स्वास्नी ल्याउँदा नी घर भएन ’ भन्ने बोलको उक्त लोक दोहोरी गीतको भिडियोमा भक्तपुर चाँगुनारायण नगरपालिका चरेलीको रमणीय दृश्य समेटिएको छ ।
जती वटी बिहे गरे पनि घरजम नभएको विषयवस्तुलाई उठान गरिएको ‘तीन्टी स्वास्नी’ को भिडियोमा रिमालको साथमा गायिका शंकर, कलाकार निर्देशक अमरकृष्ण चन्द, नविना ब्लोन, सुन्दरी लामा, राम परियार, सरोज गहतराज, गंगा लामिछाने लगाययतले उत्कृष्ट अभिनय गरेका छन् ।
भिडियोको निर्देशन समेत गायक रिमालले नै गरेका छन् । भिडियोमा छायाँकन सम्पादन सुमन लामाको रहेको छ ।
समय सान्दर्भिक अनि निकै नै मर्मस्पर्सी ‘तीन्टी स्वास्नी’ गीत उत्कृष्ट बनेकोले लोक दोहोरी प्रेमीहरुले मन पराइदिनेमा रिमाल ढुक्क देखिन्छन् ।
तीन्टी स्वास्नी बिहे गर्दा नि घर नभएको आखिर कारण के हो त भन्ने सन्देश मुलक गीतको भिडियो उत्कृष्ट बनेको गायक रिमाल बताउँछन् ।
