
पूर्णपुष्टि, माघ २४ गते ।
बिराटनगरमा रहेको तुलसी बहुमुखी सहकारीका संञ्चालकले पैसा खाएर फरार भएको बचतकर्ताहरुले जनाएको छ । विराटनगर–३ विराट नर्सिङ्ग होम छेउमामा अवस्थित उक्त सहकारीका सञ्चालकहरु बचतकर्ताको करोडौ रकम ठगी गरेर सम्पर्कविहिन भएका हुन् । बचतकर्ताले सहकारीमा रकम जम्मा गर्दै आएका थिए । सहकारीले विगत ४ बर्ष देखि बचतकर्ताहरुसँग रकम संकलन गर्दै आएको थियो ।
लामो समय देखि बचत गरेपनि रकम लिन जाँदा सहकारीका संचालक भाका राख्दै सम्पर्कविहिन हुने गरेको पिडितहरुको गुनासो छ । स्थानीय बचतकर्ता सगँ फिक्स डिपोजीट गरे ५ वर्षामा दिने गरि विभिन्न प्रलोभन देखाएर आफु हरुलाई बचत गर्न लगाएको र अहिले रकम नदिएर फरार रहेको पिडितहरुको गुनासो छ । सोही सहकारीका शाखाहरु गाईघाट लगायत बिभिन्न ठाउँमा रहेको बचतकर्ताहरुले जनाएको छ । गाईघाटमा समेत रहेको उक्त शाखा संञ्चालकहरु फरार भएको खवरले त्रसित भएको छ । गाईघाटमा पनि थुप्रै बचतकर्ताहरुले यस सहकारीमा पैसा जम्मा गरेको जनाएको छ । उनिहरुले गाईघाटले पनि डुवाउने हो की भन्दै त्रसित बनेको छ । यहाँका बचचतकर्ताहरुले तत्काल आफ्नो बचत फिर्ताको माग गर्दै आन्दोलन समेत गरेको छ ।
