तेस्रो पत्र

गोठकुष्ण ठकुरी
संञ्चारकर्मी तथा लेखक

मलाई थाहा छ बुढी, तिमी गएको ठाउँबाट फर्केर आउन सम्भव छैन । तर सुनेको छु , यो दुनियामा असम्भव पनि केहि छैन । एउटा यो जिन्दगी छ, जुन तिमी विना कटाउनु छ । अर्को यो समय छ जो मबाट कटिरहेको छैन । देउता बनी सकेकी मेरी बुढी, यदि त्यो भगवान त्यहाँ छ भने मेरो एउटा सवाल सोधी देउ है । कि कुन चाहिँ त्यस्तो गल्ती गरेको थिएँ र मैले ? जुन आज सुख बाँड्ने उमेर दुःख बाडिरहेछु । बुढी, धेरै माया पाउनु पनि राम्रो हुन्न रैछ । मलाई माया गर्ने तिमीले आधी बाटो नपुग्दै छाडिदियौ । तिमीले छाडेको दिन अरु माया गर्नेहरु मेरो पीडा देख्नुपर्छ भनेर आएन । सायद उनीहरु कतै रुदै थिए । मलाई सम्झाउन आँट कसेर आएकाहरु गेटसम्म आएर आफै रुदैँ फर्किए । त्यसबाट उम्किएकाहरु साँझमा दारुको साथ लिएर आएका थिए । उनीहरुले पनि वाक्य पुरा गर्न सकेनन् । ‘यस्तै हो’ मात्र भनेर फर्किए । ‘यस्तै हो संसार, आएपछि जानु पर्छ । उहि ढिलोचाँडोको फरक मात्र हो । जाने गइहाल्यो । उनैले छाडिदिएको यी स–साना निसानी छन् । यसैलाई हेरेर चित्त बुजाउ ।’ यसरी एकै समयमा, एकै पात्रबाट भनिनु पर्ने यो सम्वाद पुरा गर्न मेरो हकमा चार÷पाँच जना पात्र लाग्यो । सायद उनीहरुको रिहल्सल अगावै कथा कि मुख्य पात्र तिमीले प्रदर्शनमा उत्रिदिएको कारण यस्तो भएको होला ।
बुढी, पितृसत्ता अनि हिन्दु संस्कारमा पुरुषलाई, दुःखको बेला अझ दुःख थपिदो रहेछ । पुरुषले नबारेपनि हुने तर एकपछि अर्को गर्दै आउने समस्याहरुसँग जुधि राख्नु पर्ने रहेछ । रोएर पीडासमन गरेर बस्ने फुर्सद नै नपाईने रहेछ । त्यसैले भनिएको होला, लोग्नेमान्छेले रुनु हुँदैन । समय अगाबै यो रङ्गमञ्चबाट बाहिरीएकी तिम्रो हिन्दु संस्कार अनुसार काम गर्दैगर्दा, समाजले पनि यो पीडामा छ, अहिले केही नभनौँ भन्दैन रहेछ । दुःखीकै दुःखलाई खुलेआम दुखाईदिदा रहेछन् । जस्तो कि, यो कोरनाको बेलामा केहि गर्नु पर्दैन । गरेपनि यसरी गर्दा हुन्छ । फलाना ठाममा यसरी ग¥यो रे । यो घरको मान्छेलाई बाहिर निस्कन दिनुहुँदैन । मान्छे सबै डराईरहेका छन् । चाहिने समान सबै ल्याईदिनु पर्छ आदि । लाग्थ्यो, हामी मान्छे नै होईनौ । हामी अर्कै ग्रहबाट आएका एलिएन हौँ । अथवा हामी कथामा भनिएका जस्ता हेर्दै डरलाग्दा ठुलाठुला दारा निस्केका, लामालामा नंग्रा भएका मुखबाट आगोको लप्का निकाल्ने जिउभरि लामालामा रौँले ढाकिएका मान्छे मारेर खाने कुनै राक्षस हौँ । तर बुढी, यो सब सल्लाह दिने मान्छे मैले त्यहिदिन मात्र देखेँ । जस्तो नेताले देश बिगा¥यो भन्ने मान्छेहरु, फोनिङ कार्यक्रम र सामाजिक सञ्जालमा मात्र आउँछन् । किनकी उनीहरुलाई केही गर्नुछैन । मात्र सल्लाह दिन पाए पुग्छ । कुरा काट्न पाए पुग्छ । जस्तो अहिले मैले उनीहरुको कुरा काटिरहेछु । सायद, उनीहरु दिनभरिको हाकिमको कचकच, बालबच्चाको गनगन, धनको ताप र ऋणको चापबाट थोरै समय भएपनि मुक्त हुन यसो गर्छन कि ? थाहा भएन् । बुढी, मलाई रचनात्मक सहयोग र सकारात्मक सोचको कमिको कारण यो सब प्रतिक्रिया आउँछ कि जस्तो लाग्छ ।
त्यसो त गरिदिने मान्छे पनि थिए । जो रचनात्मक सहयोग र सकारात्मक सोच राख्थे । उनीहरु काम गरेर सुस्ताएको समयमा माथि भनिएका सम्वादसँग प्रतिवाद गथ्र्यो । ऊ भन्थ्यो– ‘गर्नेबेलामा आउनु छैन । परेको बेलामा गर्नु छैन । बेकारमा यहाँ आएर हल्ला गर्छ ।’ अनि म पट्टि फर्केर भन्थ्यो– ‘यिनीहरुको कुरा सुन्नु पर्दैन । चुप लागेर बस्नु । परेको हामी गर्छौ । कुनै टेन्सन नलिनु । हामी अरुबेलाको जस्तै यो समयमा पनि काम सम्पन्न गर्छाै ।’ जुन सम्बादले मलाई थोरै भएपनि महलमको काम गथ्र्याे । उनीहरुले भने जस्तै गरेर देखाए पनि अरुबेला जस्तै काम सम्पन्न पनि भयो ।
बुढी, म पनि मान्छे नै हुँ । मलाई पनि पीडा हुन्छ, चित्त दुख्छ । साधारण मान्छेले गर्ने अनुभुति ममा पनि हुन्छ र भयो । एक तिम्रो वियोगको पीडा, अर्को समाजको छिःछिः र दुरदुर यो सब भोगीरहँदा मलाइ लागेको थियो । यो दुनियाबाट कतै टाढा जाउँ । तर भागेर जाउँ कुन ठाउँ जाउँ ? त्यहाँ पनि मान्छे नै बस्दो हो । बुढी, कसैले नदेख्ने यो मनलाई जता लगे पनि भो । तर टाढैबाट छर्लङ्ग देखिने यो जिन्दगी पो कहाँ लगौँ ? तिम्रो निसानी त्यो सानो–सानो नानीबाबुको आड भरोषा, बुढेसकालको आमाबाको आसाको किरण यो जिन्दगी त्यत्तिकै सिध्याइदिने कुरो पनि भएन । त्यसो त मलाई बाँचेको देख्नेहरु भ्रममा छन् । म त मनैदेखि त्यहिदिन मरिसके जुन दिन तिमीले मैले मेरो भन्ने जिन्दगी छाड्यौ । अब मनै मभित्र नभएपछि जस्ले जे भने नि भो । जस्ले जे गरे नि भो । अब मलाई कसैसँग गुनासो पनि छैन । अब मलाई कसैसँग रिसाउनु पनि छैन । अब मलाई कसैलाई खुसी पार्नु पनि छैन । अब मलाइ कसैसँग आस पनि छैन । अब मलाई केहीको लोभ पनि छैन । अब म यो समाज र परिवारको एउटा रोबर्ट हुँ । मन नभएको मेमेरी मात्र भएको रोबर्ट । गर भन्यो गर्दिन्छु । जा भन्यो गईदिन्छु । भन भन्यो भन्दिन्छु । गर्न सकिन भने सकिन भन्छु । छैन भने छैन भन्छु । अब मलाई भाका राख्नु पनि छैन । अब मलाई कसैलाई आश्वासन दिनु पनि छैन । केको लागि भाका राख्नु ? कस्लाई आश्वासन दिनु ? तिमी नै छैनौ । बाँकी अर्कोमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0