
पूर्णपुष्टि, भदौ २२
झापा कचनकवल गाउँपालिका–६ बिशाल बस्ति नजिक भित्री सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाईते भएका छन् । दुर्घटनामा सोही स्थानका ३७ वर्षीय सोम दाहालको मृत्यु भएको हो । सोही पालिका–५ का २६ वर्षीय करण राजबंशी र कचनकवल–३ की १८ वर्षीया जयमती राजबंशी भने घाईते भएका छन् ।
हिजो बेलुका ८ बजे पुर्व तर्फ जादै गरेको मे १० प ५३८९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे ८ प २१३७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका २१३७ नम्बरको मोटरसाईकल चालक दाहालको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु थियो ।
त्यस्तै, सोही दुर्घटनामा घाईते भएका ५३८९ नम्बरको मोटरसाईकल चालक राजबंशी र पछाडी सवार जयमती राजबंशीको सोही अस्पतालका उपचार भईरहेको छ । दुर्घटना भएका दुवै मोटरसाईल ईलाका प्रहरी कार्यालय बनियानी झापाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
