त्रिउवा संघका अध्यक्ष भगतको रिट खारेज, तीनवर्षे कार्यकाल पाँचवर्ष हुँदा पनि एउटासम्म साधारणसभा नगरेर मनोमानी चलाएको सबै हर्कत छताछुल्ल

पूर्णपुष्टि, कात्तिक ११
आर्थिक अपचलन ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी बहुमत कार्यसमितिबाट कारवाहीमा परेका त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले उच्च अदालत विराटनगरमा लगाएको रिट खारेज भएको छ । गत साउन ४ गते दर्ता भएको उनको रिट अदालतले कार्तिक ८ गते खारेज गरेको हो ।
अध्यक्ष भगतले आफुमाथिको कारवाही रोकि पाऊँ भन्दै आन्तरिम आदेश र कारण देखाउन भनी रिट लगाएका थिए । कार्यसमितिले गरेको कारवाही ठीक देखिएपछि अदालतबाट अध्यक्ष भगतको रिट खारेज गरेको कार्यवाहक अध्यक्ष रमेश रसाईलीले बताए ।

कारवाहीमा परेपछि अध्यक्ष भगतले कार्यवाहक अध्यक्ष बनेका बरिष्ठ उपाध्यक्ष रसाईलीको काम, कारवाहीसमेत बन्द गर्न र आप्mनै अध्यक्षतामा सञ्चालन गर्न पाउ भन्ने मागसहित रिट दिएका थिए । संघले अध्यक्ष भगतलाई कारवाही गरेको सहि ठहरिए पछि उनको रिट खारेज भएको एक कानुन ब्यवसायीले बताए । अब, उनीमाथिको कारवाही सदर हुनुका साथै विधि, विधान विपरित चलेको र आर्थिक अपचलन गरेको ठहर भएको छ । अध्यक्ष भगतले आर्थिक अपचलन गरेको रु ३ लाख २० हजार २०५ रुपैयासमेत तिर्नुपर्ने भएको छ ।
उनलाई गत असार २८ गते बहुमत कार्यासमितिले कारवाही गरेको थियो । २०७३ असार २८ गते जिल्ला अधिवेशनबाट दोस्रो कार्याकालको नेतृत्वमा उनी आएका थिए । २०७६ असारमा सकिएको कार्यकाललाई लम्ब्याउन उनले अबैधानिक ढंगले पटकपटक म्याद थप्दै आएका थिए । चार÷पाँच पटक नै कार्यसमितिको म्याद थप्दै तीनवर्षे कार्यकाललाई पाँचवर्ष पुर्याएका हुन् । पछिल्लोपटक गत जेठ ८ गते साधारण सभा र १५ गते अधिवेशन तोकिएको थियो तर त्यो पनि त्यतिकै टारियो ।

तीनवर्षे पदावधी सकिएर पाँचवर्ष वित्दा पनि वार्षिकरुपमा गर्नुपर्ने साधारणसभा एकपटक समेत गरेनन् । संस्था नविकरण, करचुक्ता, हिसावकितावको अडिटसम्म नगरी मनोमानी र एकल ढंगले संस्था चलाउदै आएका थिए । एकवर्षअघि केन्द्रिय सदस्यसमेत भएका उनले आप्mनै हालीमुहाली जमाउने नियतले साधारणसभा र अधिवेशन टार्दै आएका थिए । संघमा रहेर अपारदर्शी, एकलौटी र मनोमानीढंगले काम गर्ने, अप्रत्यक्ष फाईदा लुट्ने, अस्वस्थ्य चलखेल गर्ने गरेको आरोप बहुमत कार्यसमितिको छ ।
अध्यक्ष भगतको गलत हर्कतले चरमसिमा नाघिरहदा पटक पटक सुध्रिन मौका र चेतावनी नदिएको हैन तर, सुध्रिनुको सट्टा संघलाई अनिर्णयको बन्दी र धरासायी बनाएपछि विधान र नियम अनुसार कारवाही गरेको कार्यवाहक अध्यक्ष रसाईलीले बताए । अध्यक्षमा कारवाही परेपछि उनी स्वतः संस्थाको विधान बमोजिम तीनवर्षसम्म साधारण सदस्यसमेत नरहनेगरी निलम्बनमा परेका छन् । यस्तो अवस्थामा नैतिकताको आधारमा उनको केन्द्रिय सदस्य पदमाथि पनि प्रश्न उठेको छ । केन्द्रिय सदस्य पद धरापमा परेको छ ।
अध्यक्ष भगतले अन्तरिम आदेशको मौका छोपी संघभित्र थुप्रै चलखेल गरेको आरोप छ । उनले अवैधानिकरुपले कर्मचारी निलम्बन गर्ने, कार्यालयको ल्यापटप, महत्वपूर्ण कागजात बेपत्ता पार्ने काम गरेको बताइएको छ । संघको लेडटरप्याड, बीलभर्पाई, रसिद, रजिस्ष्टर र महत्वपूर्ण अभिलेख तथा फायलहरु, ल्यापटक कार्यालयबाट लगेको कर्मचारी संजिव श्रेष्ठले बताए । ती सामानहरु चोरी शैलीमा लगिएपछि प्रहरीलाई खबर गरेको र फिर्ता गर्न दवाव दिदा पनि अझ फिर्ता नगरेको संघले जनाएको छ ।

संघको महत्वपूर्ण कामहरु अध्यक्ष भगतबाट नभएपछि बरिष्ठ उपाध्यक्ष रसाईलीको नेतृत्वको बहुमत कार्यसमितिले नै संस्था नविकरण, संस्था हिसावकिताव अडिट, करचुक्ताको कामहरु गरेको जनाएको छ । नयाँ सदस्यता खोल्ने र पाँचवर्षसम्म नविकरण नभएका सदस्यहरुलाई कोभिड १९ को मध्येनजर गर्दै पचास प्रतिशत छुटमा नविकरणको काम समेत भएको छ ।
अध्यक्ष भगतले संघमा सधैभरी आफुलाई सर्बेसर्वा बनाउन खोज्दा यो अवस्था आएको बुद्धिजिविहरु बताउछन् । उनले संस्थाको मर्यादा र विधि विधानलाई कुल्चिने र चरम गुटबन्दी, मनोमानी चलाएपछि मुद्दा कारवाही र अदालतसम्म पुगेको हो । उनले संघभित्र स्वस्थ प्रतिष्पर्धा र सामुहिक भावना जगाउन नसक्दा ब्यापारी, ब्यवयाहीहरुको हित हुन नसकेको ब्यापारी, ब्यवसायीको गुनासो छ । केन्द्रिय सदस्य भएर अभिभावकत्व वहन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी दिने, ब्यापारी ब्यवसायी हकहितका लागि एकता र सामुहिकता बढाउने भुमिकासम्म गरेनन् । बरु संघको सामान्य मुद्दा पनि प्रशासनदेखि अदालतसम्म पुर्याउने काम भयो ।

संघभित्रको विवाद र अस्वस्थ्य गतिविधिहरु यतिबेला छताछुल्ल भएको छ । यस्तो हुँदा पनि यसलाई सहि ठाउँमा ल्याउने भुमिका ब्यापारी ब्यवसायी बृतमा देखिएको छैन । संघले ब्यापारी, ब्यवसायीका साथै उपभोक्ता हकहितमा विशेष भुमिका खेल्नुपर्ने हो तर भुमिका सुन्य छ । बजारमा उपभोक्ता ठगी, कालाबजारी, कृतिम अभाव, महंगी रोक्न संघको कुनै भुमिका देखिएको छैन ।
संघभित्रको लफडा, विवाद र मुद्दाहरु पटक पटक प्रशासनसम्म पुग्ने, प्रहरीमा लिखित तथा मौखिक उजुरीहरु हुने गरेको छ । यो अवस्थाको अन्त्य गरी स्वाच्छ उद्योग वाणिज्य संघ निर्माण र ब्यापारी, ब्यवसायीहरु र समग्र उपभोक्ताहरुको हिततर्फ लैजान नियमन निकाय तथा सरोकारवालाको भुमिका पनि जरुरी देखिएको संघका पूर्व बरिष्ठ उपाध्यक्ष भरत चामलिङ राईले बताए ।

अदालतबाट रिट खारेज भयो, अव के गर्नुहुन्छ भन्ने पूर्णपुष्टिको प्रश्नमा अध्यक्ष भगतले रिट खारेज मात्र भएको फैसला आउन बाँकी रहेको भन्दै फैसला आएपछि मात्र बोल्ने प्रतिक्रिया दिए । रिटपछिको अन्तरिम आदेशले संघको काम, कारवाही ठप्प रहेकोमा अव भने कार्यवाहक अध्यक्ष रसाईलीलाई काम, कारवाही गर्न फुकुवा भएको छ । अव, ब्यापारी, ब्यावसायी तथा उपभोक्ताहरुको हकहितलाई केन्द्रविन्दुमा राखेर काम, कारवाही अगाडी बढाई संघको मर्यादालाई उच्च बनाउने कार्यवाहक अध्यक्ष रसाईलीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0