
पूर्णपुष्टि, फागुन ५
त्रियुगा नगरपालिका वडा नं १६ बेल्दोभान जाँतेमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।
बुधबार नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश नं १ का सचिव सुरेश कुमार राई र त्रियुगा नगरपालिकाका मेयर तथा नेकपाका जिल्ला इन्चार्ज बलदेब चौधरीले संयुक्त रुपमा स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै संञ्चालनमा ल्याएको हो ।
हरेक नागरिको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई ध्यानमा राखी वडाले वडावासीहरुलाई स्वास्थ्यमा पहँुच पुराउन वडाको जाँते बेल्दोभानमा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका केन्द्रीय सदस्य राईले भवन उद्घाटन गर्दैे स्थानीय सरकारको जिम्मेवारमा १६ नं वडा सफल भएको बताउनुभयो । हरेक मानिस स्वास्थ्य रहेमा राष्ट्र स्वाथ्य हुने भन्दै हरेक व्यक्ति, परिवार, टोल, वडा, पालिका गर्दै राष्ट्र सम्म स्वास्थ्यको पहँुचमा स्थानीय स्थरबाटै सुरु गर्नु पर्ने बताउनुभयो ।
यसै गरी कार्यक्रमका बिषेश अतिथि मेयर चौधरीले १६ नं वडा अहिले नगरपालिका बनिसकेको बताउनुभयो । हिजो जाँते गाविस र चिलाउने गाविस भएको १६ नं वडा आज आएर नगरपालिका बन्न सफल भएको बताउनुभयो । अब पहिले जास्तो विकासी काममा पछि नपर्ने र यहाँको स्थानीयहरुको स्तरउन्नतीले गति लिने बताउनुभयो ।
स्वास्थ्य केन्द्र संञ्चालनमा आएपछि जाँते, बेल्दोभान, सिद्रे, डिहिटार, सरस्वती लगायतका स्थानीयहरुले प्रत्यक्ष र सहज रुपमा स्वास्थ्य उपचारमा सुविधा पाउने १६ नं वडाका अध्यक्ष मान वहादुर राईले बताउनुभयो ।
सेन्टरमा स्वास्थय भवनको अभावले धेरै स्थानीयहरुले सामान्य स्वास्थ्य उपचारको लागि पनि धेरै खर्चमा र टाढा उपचारको लागि जानु पर्ने समस्या थियो । तर अहिले स्थानीय स्थरमै स्वास्थ्य उपचार गर्न सक्ने स्वास्थ्य केन्द्र संञ्चालनमा आएको छ, अध्यक्ष राईले भन्नुभयो ।
स्थानीय सरकारको प्रमुख भुमिका र दायीत्वमा रहेको स्वास्थ्य क्षेत्र घोषणा पत्रको प्रमुख एक बुदा पुरा भएको उहाँले बताउनुभयो ।
राईले घोषणा पत्रमा भएका धेरै कामहरु भईसकेको र बाँकी कामहरु पनि तत्काल गर्ने प्रतबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष राईले घोषणा पत्रमा उल्लेख भए अनुसार वडामा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत, सिँचाई, पुल जस्ता अति आवश्यकीय विकासे कामहरु थुप्रै गरिसकेको र बाँकी रहेको काम पनि तत्कालै पुरा गर्ने बताउनुभयो ।

