
पूर्णपुष्टि, २७ पौष ।
त्रियुगा नगरपालिका ११ नं वडा कार्यालयले जेष्ठ नागरिक, अपाङगता भएको व्यक्ति र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाको बार्षिक कार्यक्रम अन्तरगत बिनियोजित ४ लाख रकम बाट न्यानो कपडा बितरण गरिएको अवडा ध्यक्ष सुमन्त कोइरालाले बताए । एकल महिला १६५, जेष्ठनागरिक ४२० र अपांग भएका ५१ जना लाई न्यानो कपडा बितरण गरीएको अध्यक्ष कोईरालाको भनाई छ । चिसो मौसममा जाडोबाट बचाउन अशक्त र तागत घट्दै गएको ब्यक्तिहरुलाई कपडा वितरण गरिएको हो । कपडा पाएपछि जेष्ठन नागरिकहरु खुसी भएको छ । जाडो छल्न वडाले दिएको कपडाको भरपुर सदुपयोग गरिने उनिहरुले जनाए ।

