Sunday, May 17News That Matters

त्रिनपा १३ नं. वडाका योजना अनुगमन

पूर्णपुष्टि, असार ६ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ अन्तर्गतका योजनाहरुको आज अनुगमन भएको छ । वडाको आयोजनामा मेयर बलदेव चौधरी, वडाध्यक्ष पशुपती चौधरी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, नागरिक समाज, पत्रकारको टोलीबाट हवाईफिल्ड क्षेत्रमा निर्मित कृषि बजार केन्द्र, थारुहट रंगशाला, मदन भण्डारी स्मृति सभाहल, पूर्वपश्चिम बरुवा बसपार्कको अनुगमन भएको हो ।

यी ठूला आयोजनाका साथै वडा अन्तर्गतका टोल विकास संस्थाहरुमा भएका सडक स्तारोन्नती, नयाँ ट्रयाक, नाली, विजुली, सडकबत्ती, मठमन्दिर, विद्यालय सहयोग, सिचाइ जस्ता कामहरुको अनुगमन गरिएको वडाध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।

कोरोना महामारीका बाबजुद सतर्कता तथा स्वास्थ्य मापदण्ड अपनाउदै विकास तथा योजनाका कामहरु भएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

तस्विरहरू :